४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कहाँ छन् सहकारी ठगी प्रकरणमा खोजीको सूचीमा रहेका जीबी राई ?


581
Shares

काठमाडौं, ३ वैशाख । कुनैबेला अहिलेका गृहमन्त्री रवि लामिछानेका व्यवसायिक साझेदार थिए जीबी राई । अहिले रवि शक्तिशाली उपप्रधान तथा गृहमन्त्री छन् सरकारमा । तर, उनकै साथी राई फरार छन् ।

जीबी राईमाथि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा प्रहरीले अनुसन्धान गरी सहकारीको बचत हिनामिनासम्बन्धी अनुसन्धानको प्रतिवेदन बुझाएको छ । शुक्रबार बुझाइएको प्रतिवेदनमा राईले सुप्रिम बचत तथा ऋण सहकारीको बचत हिनामिना गरेको विषय उल्लेख गरिएको बुझिएको छ ।

राईसहित २८ जनालाई प्रतिवेदन बुझाइएको प्रतिवेदनमा १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने राय दिइएको छ । यो प्रकरणमा उक्त सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दीपेश पुनलगायमाथि कारबाहीको राय दिइएको छ ।

सहकारी ठगी प्रकरणमा दुई हजारभन्दा बढी पीडित छन् । यो प्रकरणका मुख्य अभियुक्त जीबी राई देशभित्र छैनन् । उनी मलेशियामा लुकेर बसेको तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

इन्टरपोलमा रेड कर्नर नोतिश नै जारी भएका राईलाई एउटा गिरोहले लुकाएको विषय पनि बाहिर आइरहेको छ ।

 

प्रतिक्रिया