३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड सरकार ढाल्ने खेलमा माधव नेपाल


1.9k
Shares

काठमाडौं, २ वैशाख । वाध्यताले प्रचण्ड नेतृत्वको नयाँ गठबन्धनमा सहभागी भएका नेकपा एसले सरकार ढाल्ने खेल सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा एसका अध्यक्ष माधव नेपालले चतुर चाल चलेका छन् । नेपालले सत्ता गठबन्धनको निर्णय विपरित विपक्षी काँग्रेससहितको गठबन्धनलाई साथ दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको विवाद चुलिंदा मुख्यमन्त्रीका दुई दाबेदार लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी मध्ये रेशम चौधरी पक्षधर लक्ष्मणको पक्षमा नेकपा एस देखिएको छ । यसले केन्द्रको सरकारमा समेत हलचल ल्याएको छ ।

माधव नेपालको यो चालले सत्ता गठबन्धन ढल्ने सम्भावना बढेको छ । नेपालले साथ छाडेमा उपेन्द्र यादव नेतृत्वको जसपाले पनि छाड्ने सम्भावना छ । यो घटनाले राजनीतिलाई तरंगित पारेको छ ।

पछिल्लो घटनालाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा अभिव्यक्ति दिन थालेका छन् । उनले काँग्रेसको चर्को आलोचना गरिरहेका छन् ।

माधव नेपाल पुरानो सत्ता गठबन्धनमा भएको भद्र सहमति अनुसार वेटिङ प्रधानमन्त्री थिए । तर, आफूलाई धोका दिएर प्रचण्डले गठबन्धन तोडेको भन्दै असन्तुष्ट थिए । तर, नेपालले नयाँ चाल चलेर प्रचण्डलाई धक्का दिएका छन् । यसले ठूलै राजनीतिक उथलपुथल हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया