१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलीले गरे आफ्नाको व्यवस्थापन


996
Shares

काठमाडौं, ३० चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नाको व्यवस्थापनमा खप्पिस छन् । उनले आफन्त र झापाको आफ्नो क्षेत्रका कतिपय व्यक्तिलाई उच्च पदमा पुर्याएर व्यवस्थापन गरिसकेका छन् । त्यो क्रम एमाले सत्तामा टेकेसँगै फेरि चलाएका छन् ।

ओलीले लामो समय बेरोजगार जस्तै रहेका दुई पूर्वराजदूतलाई ‘व्यवस्थापन’ गरेका छन् । ओलीको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलका लागि पूर्वराजदूत डा। अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको छ । यस अगाडि एमाले कै डा। विमला पौडेल, राई उक्त कोटाबाट राष्ट्रिय सभामा मनोनित भएकी थिइन् । डा। विमलाको ठाउँमा डा। अन्जानलाई पठाउने निर्णय भएको छ ।

ओली कै प्रस्तावमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा। अर्जुनकुमार कार्कीलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस समितिमा पठाइएको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सर्वोच्चका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेलसहित डा। कार्की र स्टेला तामाङलाई दुई आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । उक्त सिफारस समितिमा राष्ट्रिय मानवअधिकार आयोगबाट समेत प्रतिनिधित्व हुने छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया