२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बैंकहरुले ब्याजदर घटाए


1.6k
Shares

काठमाडौं, ३० चैत्र । बैंकहरुमा रकम बढी जम्मा भई समस्या आएसँगै ब्याजदर घटेको छ । १३ वटा बैंकहरुले वैशाखदेखि लागू हुनेगरी ब्याजदर घटाएका छन् ।

निक्षेपको ब्याजदर घटाएसँगै ऋण लिनेको पनि ब्याज घटेको छ । विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, माछापुच्छ«े, लक्ष्मी सनराइज, प्रभु, ग्लोबल आइएमई, सिद्धार्थ, कुमारी, प्राइम, सानिमा, एसबीआई, सिटिजन्स, एनआईसी एशियाले ०.१९ प्रतिशतले ब्याजदर घटाएका छन् ।

एभरेष्ट र एनएमबी बैंकले चैत्रको तुलनामा वैशाखमा ब्याजदर बढाएका छन् ।

ब्याजदर घटेसँगै व्यक्तिगत मुद्दती देशभरको बैंकहरुमा ८ प्रतिशतभन्दा कममा झरेको छ ।

सबैभन्दा थोरै कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ । सबैभन्दा बढी एनएमबीको ७.९७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया