१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुनको भाऊ किन आकाशियो


2k
Shares

काठमाडौं, २९ चैत्र । सुनको भाऊ तिव्र गतिमा आकाशिएको आँकडालाई मध्यनजर गर्ने हो भने केही महिनामै प्रतिताला डेढ लाख पुग्न सक्छ । नयाँ वर्ष २०८१ नजिक आइपुग्दा सुनको भाउ एक लाख ३६ हजार नाघेको छ । यो वर्ष नै सुनको मूल्य प्रतितोला २६ हजार प्रतितोलाले वृद्धि भइसकेको छ ।

२०७९ को पुसमा सुन प्रतितोला एक लाख कटेको थियो । त्यसपछि लगातार बढ्यो । १६ महिनाबीच सुनको मूल्य प्रतितोला ३६ हजारले वृद्धि भयो । यो क्रम निरन्तर चलिरहेको छ ।

२०८० को भित्र सुनको मूल्य प्रतितोला २६ हजारले वृद्धि भयो । यो अहिलेसम्मकै एकै वर्षको उच्च वृद्धि हो ।

किन आकाशियो
सुनको मूल्य आकाशिनुमा विभिन्न कारण छ । अमेरिकाको बैंकहरुमा ब्याजदर बढेको छ । यो अवस्थामा सुनप्रति आकर्षण घट्नुपर्ने हो । तर, आर्थिक अन्यौल र मन्दीले लगानीकर्ताको ध्यान सुनमा गएको छ । सुनको माग बढ्न जाँदा मूल्य आकाशिन पुगेको छ ।

विश्वमा आर्थिक मन्दी बढेको छ । यसले घरेलु बजारमा समेत असरहरु परिरहेको छ । सुन भरपर्दो सुरक्षित सम्पत्ति मानिन्छ । जस्तोसुकै संकटमा पनि सुनको मूल्य हत्तपत्त गिरावट आउँदैन । यसकारण पनि सुनको माग बढ्न गएको छ ।

रुस युक्रेन युद्धको असर सुनको मूल्यमा पनि परेको छ । लगानीकर्ताहरु सुन जम्मा गरेर सुरक्षित हुन खोज्छन् युद्धको बखत । यसकारण पनि माग बढेको छ सुनको ।
सुनको मूल्य निरन्तर बढेकाले पनि लगानीकर्ताको ध्यान त्यतातर्फ गएको छ । सुनमा लगानी गरेर नाफा खोजिरहेका लगानीकर्ताले ।

युद्धका कारण कतिपय देशहरुले विदेशी मुद्राको साटो सुनबाट खरिद विक्री धानिरहेका छन् । यसले पनि सुनको मूल्य बढेको छ । चीन र भारतजस्ता शक्तिशाली अर्थतन्त्र भएका देशमा सुनको माग र जम्मा गर्ने रणनीति देखिएको छ । यसले पनि मूल्यवृद्धि गराएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया