१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हनी ट्रयापमा परे बेलायती सांसद


249
Shares

एजेन्सी, २८ चैत्र । बेलायतका एकजना सांसद हनी ट्रयापमा परेका छन् । उनी सामाजिक सञ्जालमार्फत् हनी ट्रयापमा परेका हुन् ।

सांसद विलियम रागले प्रतिष्ठित ब्याकबेन्च भूमिका र कमन पब्लिक एडमिनिस्टर र संवैधानिक मामला कमिटिीबाट राजीनामा दिइसकेका छन् । उनी अब स्वतन्त्र सांसदको हैसियतमा मात्र रहनेछन् । उनले अर्को चुनावमा उम्मेदवार नहुने भएका छन् ।

ती सांसदसँग सामाजिक सञ्जालमार्फत् हनी ट्रयापको गिरोहले खटाएको युवतीले अन्य सांसदको व्यक्तिगत नम्बर मागेकी थिइन् । उनले केहीको नम्बर दिएको स्वीकारेका छन् । तर, लगातार नम्बर माग्न थालेपछि शंका लागेर नदिएको बताएका छन् ।

बेलायतमा कसैको व्यक्तिगत विवरण विना स्वीकृती दिन पाइँदैन । त्यसलाई गम्भीर विषयका रुपमा लिइन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया