३ कार्तिक २०८१, शनिबार | October 20, 2024

निशान भट्टराई र ऋचा औपचारिक रुपमै छुट्टिए


1.9k
Shares

काठमाडौं,२६ चैत्र । पछिल्लो समयका चर्चित गायक निशान भट्टराईको वैवाहिक सम्बन्धमा दरार आएको छ । भट्टराई र पत्नी मोडल ऋचा न्यौपानेले औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेका हुन् ।

२ जनाबीच कुरा नमिलेपछि सहमतिमै सम्बन्धलाई टुंग्याएको पारिवारिक स्रोतले जनाएको छ । २ वर्षको प्रेमलाई २०७७ सालमा उनीहरुले कानुनी रुपमा बिहेमा परिणत गरेका थिए ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

प्रतिक्रिया