१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इलामको चुनावमा कस्को के दाउ


415
Shares

काठमाडौं, २६ चैत्र । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आ आफ्नै राजनीतिक तथा व्यक्तिगत उद्देश्यले मैदानमा उत्रिएका छन् ।

इलामको चुनावमा जातीय तथा क्षेत्रीय मुद्दा पनि उठेको छ । अधिकांश जनजाति उम्मेदवार देखिएका छन् । नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एसका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवार छन् ।

राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुना, नेमकिपाका श्यामबहादुर दर्जी र विभिन्न जातीय संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बू थेगिमले पनि उम्मेदवार छन् ।

केशवकुमार चापागाई, डाकप्रसाद गौतम, दिपेश बोहरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल स्वतन्त्र उम्मेदवार छन् ।

सुहाङ बाबु सुभाष नेम्वाङको निधनपछि एमालेको टिकट पाउन सफल भएका हुन् । काँग्रेसका खड्का नेम्वाङसँग झीनो मतान्तरले २०७९ को मंसिरमा पराजित भएका थिए ।

पत्रकारिताबाट राजनीतिमा उत्रिएका मिलन लिम्बू कम्युनिस्ट पृष्ठभूमिका हुन् । रास्वपाले उनलाई उतारेर आफ्नो प्रभावको पुनः परीक्षण गर्न खोजेको देखिन्छ । डकेन्द्र सिंह लिम्बू जातीय मुद्दा बोकेर बढेका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया