३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मधेश केन्द्रित नेता देखि राजावादी सडकमा


581
Shares

काठमाडौं, २४ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी छाडेका राजेन्द्र महतो सडकमा देखिन थालेका छन् । उनले सडक केन्द्रित विरोधका कार्यक्रम चलाएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति नाम दिएर महतोले सडकमा विरोध कार्यक्रम काठमाडौंमा गरे शनिबार । यस क्रममा केही घाइते भए ।

महतो मात्र होइन प्रभु साहले पनि तेस्रो जनआन्दोलनको उद्घोष गरेका छन् । साहले लुटतन्त्र विरुद्ध तेस्रो जनआन्दोलन हुने बताए । साहको आम जनता पार्टी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सडक केन्द्रित कार्यक्रमको तयारी गरेको छ । उसले २७ चैत्रमा शक्ति प्रदर्शन गर्दैछ । राप्रपा राजावादी पार्टी हो ।

देशमा एकातर्फ मूलधारका दलहरु शक्ति संघर्षमा छन् भने साना दल आन्दोलनको माहोल तयार गर्दैछन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया