३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जनकशिक्षाका अनिल झाको नेतृत्वक्षमताले लगातार दोस्रो वर्ष विद्यार्थीको हात हातमा समयमै पुस्तक


415
Shares

काठमाडौं, २४ चैत्र । विद्यार्थीले बेलैमा पाठ्यपुस्तक नपाउने समस्या लगातार दोस्रो वर्ष पनि समाधान भएको छ । विगतमा पाठ्यपुस्तक ढिलो छापिदा र नपुग्दा शैक्षिक सत्रको मध्यसम्म पनि विद्यार्थीको हातमा पुग्दैनथियो । तर, इञ्जिनियर अनिल झा महाप्रबन्धक बनेपछि लगातार दोस्रो वर्ष यो समस्या समाधान भएको छ ।

झा अहोरात्र पाठ्यपुस्तक छपाईमा खटिने गरेको त्यहाँ कार्यरत कर्मचारी नै बताउँछन् । उनी राति समेत नभनी काममा लागेकाले लगातार दुई वर्ष पाठ्यपुस्तक छापियो ।
जनकशिक्षाले यो वर्ष पनि चैत्रभित्र देशका ७७ जिल्लामा पाठ्यपुस्तक पुर्याउने देखिएको छ । अहिलेसम्म ६७ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हात हातमा पुस्तक पुगिसक्नेछ ।

जनकशिक्षाको यही सफलतालाई प्रचण्ड सरकारले आफ्नो सबैभन्दा ठूलो सफलताका रुपमा उल्लेख गर्ने गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले पनि एक महिनामै पाठ्यपुस्तक समयमै पुर्याउन सक्नुलाई उपलब्धि देखाएकी छिन् । उनले जनकशिक्षाको सफतालाई आफ्नो सफलताका रुपमा देखाएकी हुन् । उनी मन्त्री नहुँदै जनकशिक्षाले पाठ्यपुस्तक पुर्याउन सुरु गरिसकेको थियो ।

प्रतिक्रिया