११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

रामायणकी सीता काठमाडौँमा


1.1k
Shares

काठमाडौँ, २३ चैत्र। चर्चित भारतीय धाराबाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलिया शुक्रबार नेपाल आइपुगेकी छन् ।चैत्र २४ शनिबार काठमाडौँमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ ओैँ वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी हुन दीपिका नेपाल आएकी हुन् ।

भारतीय लोकसभाकी पूर्वसांसद समेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्मको कारणले पनि चर्चामा छन् । ‘रामायण’को कारण नेपालमा उनको ठूलो फ्यान फलोइङ छ ।

जनजातिको क्षेत्रमा सेवा, संस्कार , जागरण र जनजाति समुदायको भाषा,कला, संस्कृति र धर्मको संरक्षणमा विगत २१ वर्ष कार्यगर्दै आइरहेको जनजाति कल्याण आश्रम नेपालले आमाको माया छात्रबासको नाममा देशभर ११ स्थानमा ३०० भन्दा बढि बालबालिकाहरूलाई निशुल्क रूपमा पढन, बस्न र खान साथै सम्पूर्ण चिजको जिम्मेवारी लिएर सामाजिक कार्यगर्दै आइरहेको छ । संस्थाले आफ्नो वार्षिक उत्सव मनाउन उक्त कलाकारलाई नेपालमा भित्र्याएको हो ।

समाजको सहयोगमा कल्याण आश्रमले गरिब, दुर्गम पछडिएका, असाहारा, आमाबुबा विहिन बालबालिकाहरूलाई देशको विभिन्न क्षेत्रहरू झापा, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, चितवनको नारायणघाट, दोलखाको चरिकोट, काठमाडौँको मुलपानी, नुवाकोटको विदुर, धादिङको नीलकण्ठ, बाँकेको नेपालगञ्ज, कैलालिको धनगढी लगायतमा निस्शुल्क रूपमा पढन, बस्न, खान लगायत सम्पूर्ण चिजको व्यवस्था गरि सञ्चालन गरिरहेको छ ।

नायीका दीपिका चिखलियाले प्रसिद्ध धार्मिक ग्रान्ध रामायणमा आधारित टेलिसिरियलमा राजा जनककी छोरी सीता माताको भूमिकामा अभिनय गरि समाजमामा आदर्श नारी सीताको चरित्र चित्रण गरेकि छिन् । जुन सिरियल नेपाल भारत लगायत विश्वका करोडौँले हेर्ने गर्दछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया