३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको सहयोगमा खोटाङमा शारदा माविको भवन निर्माण


332
Shares

काठमाडौं, २२ चैत्र । भारतको सहयोगमा खोटाङ जिल्लाको रावा बेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको निर्माण भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ं करोड ६१ लाख आर्थिक सहयोगमा निर्माण भएको भवनको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो ।

श्री शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो । कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५० प्रतिशत छात्रा रहेका छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ ।

प्रतिक्रिया