१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शीर्ष नेता स्ट्राइकर, प्रदेशका नेता गोटी


581
Shares

काठमाडौं, २१ चैत्र । सत्ता गठबन्धन राजनीतकि भूकम्पको उथलपुथलले परिवर्तन भएसँगै प्रदेश सरकारमा धमाधम पराकम्पन आइरहेको छ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् भने कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि राजीनामा दिन तयार भएका छन् । पाण्डे काँग्रेसका हुन् भने शर्मा माओवादीका ।

सत्ता गठबन्धनमा मुख्यमन्त्रीको बार्गेनिङले प्रदेशमा राजनीतिक अस्थिरता बढाएको छ । डेढ वर्ष नपुग्दै मन्त्रीहरुको फेरबदल चलिरहेको छ त्यहाँ । बागमतीमा एमालेले नयाँ मन्त्री पठाएको छ । मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पनि मुश्किलले विश्वासको मत लिन सके । बागमतीमा नेकपा एसले २०८२ मा मुख्यमन्त्री पाउने गरी सहमति बनेको छ । सत्ताको खेलमा शीर्ष नेताहरुले प्रदेशका नेतालाई गोटी बनाएर खेलाए ।

कर्णालीमा एमालेलाई मुख्यमन्त्री सुम्पन मुख्यमन्त्री शर्माले राजीनामा दिए । यसले ठूलै तरंग आएको छ माओवादी भित्र ।

गण्डकी प्रदेशमा काँग्रेसका पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपनि कसैको पनि बहुमत पुग्न मुश्किल छ । राप्रपा निर्णायक शक्ति बनेको छ त्यहाँ । उसले वैशाखभर सत्ता साझेदारीको कुरा नै नगर्ने भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा भएको सत्ताको खेलले नागरिक उन्मुक्ति पार्टी फुटको नजिक पुगेको छ । रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवाद उत्कर्षमा छ । उक्त पार्टीभित्र सरकारमा जाने र नजाने विवाद छ । रेशम वर्तमान सरकारको विपक्षमा छन् भने रञ्जिता पक्षमा छिन् । सुदूरपश्चिममा नयाँ सरकार गठन गर्ने प्रयास चलिरहेको छ गठबन्धनको । नागरिक उन्मुक्तिले मुख्यमन्त्रीको दाबी गरिरहेको छ रेशमका तर्फबाट । तर, रञ्जिता केन्द्रमा मन्त्री र प्रदेशमा पनि मन्त्री हात पार्ने दाउमा छिन् ।

प्रदेशहरुमा सत्ता राजनीतिको चलखेलमा शीर्ष नेताहरु प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल स्ट्राइकर बनेर प्रदेशका नेतालाई गोटी बनाइरहेका छन् । देश संघीयतामा गएपनि नाटकीय ढंगले केन्द्र नै हावी भइरहेको छ । संघीयता कार्यकर्ता व्यवस्थापनमै सिमित बनेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया