प्रचण्डले नागरिक उन्मुक्ति चलाएको आरोप लगाउँदै रेशमले भनेः आत्महत्यासम्मको परिस्थितिमा पुर्याइसके

काठमाडौं, २० चैत्र । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी यतिबेला निकै संकटमा छन् । निकै ठूलो जोखिम मोलेर नागरिक उन्मुक्ति पार्टीलाई अहिलेको स्थितिसम्म ल्याएका उनी आफै छेउ लगाइएका छन् त्यो पनि पत्नी रञ्जिता श्रेष्ठबाट ।
रेशम जेलमा रहँदा पत्नी रञ्जितालाई अध्यक्ष बनाएर दल खोल्न लगाए । जेलमै बसेर दल खोल्ने सबै आधार तयार गरेका थिए । राजनीतिक अनुभव नै नभएकी रञ्जिताका कारण उनी अहिले पीडामा छन् ।
रेशम वर्तमान सरकारको विपक्षमा छन् भने रञ्जिता पक्षमा । यसकारण उनले आफ्नो दललाई प्रचण्डले चलाएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘आफूले रोपेको विरुवा अरुले काटेको टुलुटुलु हेर्न सक्दिनँ ।’
रेशमले भावुकता प्रकट गरिरहेका छन् पछिल्लो समय । उनले भनेका छन्, ‘आत्महत्यासम्मको परिस्थितिमा पुर्याइसके ।’
सोमबार अनामनगरस्थित नागरिक उन्मुक्ति पार्टी कार्यालयमा रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको थियो ।