३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नागरिक उन्मुक्तिको कार्यालयमै रेशम र रञ्जिता पक्षधरबीच कुटाकुट


1.3k
Shares

काठमाडौं, १९ चैत्र । जातीय मुद्दा लिएर उदाएको नागरिक उन्मुक्ति पार्टीमा पति पत्नीको झगडाले उग्र रुप लिएको छ । उक्त पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको झगडा पार्टी कमिटिसम्म फैलिदा झडपको स्थितिसम्म पुगेको छ ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा रेशम र रञ्जिता पक्षधरबीच कुटाकुट भएको छ । टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुसहित पाँचजनामागिथ कुटपिट भएको हो ।

रेशम चौधरी पक्षधरले रञ्जिता पक्षधरमाथि हात हालेपछि दोहोरो कुटाकुट भएको हो । यस क्रममा केही घाइते भएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने या नगर्ने देखि सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने या नलिने विषयमा नागरिक उन्मुक्तिमा विवाद छ । यसले निकै विवाद चलाएको छ ।

टीकापुरमा भएको दंगाको जगमा बनेको नागरिक उन्मुक्ति पार्टी निकै ठूलो संकटमा परेको छ ।

प्रतिक्रिया