६ आश्विन २०८१, आइतबार | September 22, 2024

विलासी राजावादी


664
Shares

काठमाडौं, १९ चैत्र । देशमा राष्ट्रिय प्रजातन्त्र मूलधारको त्यस्तो पार्टी हो जसले राजसंस्था पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएको छ । राप्रपाका नेताहरु राजालाई पुनः फर्काउने मुद्दासहित चुनावमा जाने गरेका छन् । उनीहरुले यही मुद्दाले २०७९ सालको चुनावमा आफूलाई पाँचौं शक्तिका रुपमा उभ्याउन सफल भए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तल्लो तहबाट संघर्ष गरेर नेतृत्वसम्म पुगेका हुन् । झापाबाट चुनाव जित्नै आएका लिङ्देनले निकै चुनौतीको सामना पनि गरेका छन् । उनी सार्वजनिक सवारीसाधन चलाएर पनि हिंडे । लिङ्देनबाहेक अधिकांश राप्रपा नेताहरु विलासी छन् । उनीहरुमा राजश्री ठाँटबाँट छ ।

राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा आफूलाई राणाजीकै शैलीमा प्रस्तुत गर्छन् । उनी नाति जर्नेलका रुपमा पनि परिचित छन् । नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरका नाति पशुपति शमशेरलाई उमेरले पनि त्यति सक्रिय हुन दिदैन ।

ध्रुवबहादुर प्रधान पूर्वआइजीपी हुन् । उनको जीवन शैली पनि विलासी छ । विक्रम पाण्डे पेशाले निर्माण व्यवसायी हुन् । उनी पनि विलासी नै मानिन्छन् ।

बुद्धिमान तामाङ पटक पटक मन्त्री भए । धादिङका तामाङलाई पनि उमेरले सक्रिय हुन दिदैन । उनी पनि लामै समय शक्तिमा रहेकाले विलासी छन् ।

धवल शमशेर राणालाई उदीयमान मानिन्छ । तर, उनमा पनि राजश्री ठाँटबाँट छ । नेपालगञ्जमा प्रभावशाली धवलशमशेर बौद्धिक हुन् तर उनमा पनि प्रभाव बढाउन सक्ने क्षमता देखिदैन ।

रवीन्द्र मिश्र पत्रकारिता पृष्ठभूमिका हुन् । वाकपटुता भएका मिश्र पनि राजनीतिमा धेरै दुःख खान तयार हुने खालका छैनन् ।

राप्रपाको नयाँ पुस्तामा केही जुझारु नेताहरु रहेपनि मिहेनत देखिदैन । यसकारण पनि उनीहरुको सक्रियताले राजा शक्तिमा फर्कने विश्वास गर्न नसकिने विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया