१९ मंसिर २०८१, बुधबार | December 4, 2024

सत्ता गठबन्धनमा खटपट


10k
Shares

काठमाडौं, १९ चैत्र । सत्ता गठबन्धनमा खटपट चल्न थालेको छ । गठबन्धन बनेको एक महिनामै विभिन्न विषयमा खटपट चल्न थालेको हो ।

प्रधानमन्त्री प्रचण्डको कतिपय कदमहरुप्रति नेकपा एमाले असन्तुष्ट देखिएको छ । बेल्ड एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौता कार्यान्वयनमा चीनसँग हस्ताक्षर गर्नेबारे एमालेले असहमति जनाउँदा रोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि असहमत भयो ।

इलामको उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार दिन सकेन । एमालेले सुभाष नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई बढायो । राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई सारेको छ ।

इलाममा माओवादीले के गर्छ भन्ने स्पष्ट छैन । विश्वस्त स्रोतका अनुसार माओवादीले मिलन लिम्बुलाई समर्थन गर्ने सम्भावना छ । यसले पनि गठबन्धनमा दरार आउन सक्छ ।

सुन तस्करीमा रवि लामिछानेको कदम देखि सहकारी ठगी प्रकरणको छानविनको विषयले पनि गठबन्धनमा थप विवाद आउने अवस्था विकास भएको छ ।

प्रतिक्रिया