३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सत्ता राजनीतिमा अर्को उथलपुथल आउँदै; एमाले, माओवादी र रास्वपा चाँडै प्रतिपक्षमा पुग्ने


6.6k
Shares

काठमाडौं, २३ फागुन । रातारात सत्ता राजनीतिमा उथलपुथल त सयौै वर्षयता नेपालमा चल्दै आएको हो । यस्तै भयो यो हप्ता । एकै रातमा प्रचण्डले सत्ता गठबन्धन नै बदले ।

प्रचण्डले एमाले र रास्वपासँग मिलेर नयाँ मन्त्रिमण्डल बनाए । तर, एकै रातमा खेल उल्टने परिस्थिति बनेको छ ।

सरकारमा सामेल तीन दलको प्रतिनिधि सभामा १२९ सदस्य संख्या छ । बहुमत पुर्याउन १३८ सदस्य चाहिन्छ । अपुग ९ सिटका लागि जसपाको साथ चाहिन्छ । जसपा सरकारमा जानबाट ब्याक भइसकेको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी दुवैको साथले पनि पुग्छ । तर, दुवैको आ आफ्नो दाबी देखिएको छ । नेकपा एसले साथ दिए पनि पुग्छ । तर, एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट छन् प्रचण्डसँग । आलोपालो प्रधानमन्त्री पाउनुपर्नेमा आफ्नो पालो आउनलाग्दा धोका पाएको निष्कर्षमा माधव नेपाल पुगिसकेका छन् ।

राप्रपा त प्रचण्डको व्यवहारबाट चिढिएको छ । उसघटना यसरी मोडिएको छ कि एमाले र माओवादी मात्र नभई रवि लामिछाने नेतृत्वको रास्वपालाई समेत प्रतिपक्षमा पुर्याइँदैछ ।

सरकार बनाउन काँग्रेस, राप्रपा, जसपा, एस, जनमत पाटी, लोसपा र नागरिक उन्मुक्ति पार्टी मिलेमा पुग्छ । यी दलको सांसद जोड्दा १३८ हुन्छ । जुन २७५ प्रतिनिधि सभा सदस्य संख्याको बहुमत हो ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, स्वतन्त्र २, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, आम जनता पार्टी, नेमकिपा र राजमोको १-१ सदस्य रहेका छन् ।

प्रतिक्रिया