३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डले विश्वासको मत नपाउनेमा देउवा ढुक्क


5.1k
Shares

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर धोका दिएको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । उनले एमाले, माओवादी र रास्वपाबाहेकका दलसँग कुराकानी बढाएर प्रचण्डलाई रोक्ने सक्रियता बढाएका हुन् ।

निकै उत्साही देखिएका देउवाले विहानै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । उनले नेपाललाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव समेत गरे ।

देउवाको सक्रियतापछि जसपा, लोसपा र जनमत पार्टी पनि गठबन्धनमा जानबाट रोकिएका छन् । देउवाले मधेश केन्द्रित दलका नेतालाई सम्पर्क गरी प्रचण्डले कुनै हालतमा विश्वासको मत नपाउने दाबी गरे ।
जसपा सरकारमा जानबाट रोकिएसँगै घटनामा ट्वीस्ट आइसकेको छ ।

यतिबेला राप्रपा मौन छ । राप्रपालाई सरकारमा नल्याउने प्रचण्डको सुरुकै कदम प्रत्युत्पादक सावित हुने देखिएको छ । अब नेकपा एस सरकारमा सामेल नभए प्रचण्डलाई ठूलो झड्का लाग्न सक्छ ।

देउवा भने प्रचण्डले बहुमत नपाउनेमा ढुक्क भएका छन् । सत्ता राजनीतिले यसलाई रोचक मोडमा पुर्याएको छ ।

प्रतिक्रिया