३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रधानमन्त्री बन्न माधव नेपाललाई ग्रीन सिग्नल


4.9k
Shares

काठमाडौं, २३ फागुन । देशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

बुधबार विहान कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका देउवाले प्रचण्डबाट पटक पटक धोका भएको भन्दै प्रधानमन्त्रीका लागि तयार हुन भनेको विश्वस्त स्रोतले बताएको छ । देउवाको प्रस्तावपछि नेता नेपाल उत्साही भएका छन् ।
नयाँ गठबन्धनमा जनता समाजवादी पार्टी पनि नजाने अवस्था बनिसकेको छ । योसँगै सत्ताको जोडघटाउ चलेको छ ।

अब नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई बाहिर राखेर सरकार गठनको पहल चलेको छ । यसका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई साथमा लिनुपर्ने अवस्था बन्नसक्छ । रास्वपा नआए राप्रपालाई ल्याएर अन्य साना दलको साथ लिनुपर्ने हुनसक्छ । त्यसको गृहकार्य चलिसकेको बुझिएको छ ।

प्रतिक्रिया