५ माघ २०८१, शनिबार | January 18, 2025

सत्ताका लागि कट्टर धर्मनीरपेक्षतावादीहरु एकजुट हुँदा राप्रपा कता ?


581
Shares

काठमाडौं, २१ फागुन । देशमा सत्ताको खेल मात्र चलेको छैन धर्मनीरपेक्षतावादी कि हिन्दूराष्ट्र पक्षधरको बहस पनि पेचिलो बनेको छ । अधिकांश दलहरु धर्मनीरपेक्षताका पक्षधर छन् सिवाय मुख्य दलमध्येको राष्ट्रिय प्रजातन्त्र पार्टी । तर, सत्ताको खेलमा उसको झुकाव कता होला ? चासो बनेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले धर्मनीरपेक्षतावादी बाहुल्य दल हो । राष्ट्रिय स्वतन्त्र पार्टीले त हिन्दुवादीलाई निषेध नै जसरी सन्देश दिइसकेको छ । रवि लामिछाने नेतृत्वको रास्वपामा कम्युनिस्ट भन्दा पनि कट्टर धर्मनीरपेक्षतावादीको बाहुल्य छ ।

मधेशवादी दलमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा धर्मनीरपेक्षतावादीको बाहुल्य छ । लोकतान्त्रिक समाजवादी पार्टीमा भने हिन्दूराष्ट्र पक्षधरको बाहुल्य छ ।

नेपाली काँग्रेसको नेतृत्वतह धर्मनीरपेक्षतावादी रहेपनि बहुमत महासमिति सदस्य हिन्दूराष्ट्र पक्षधर छन् ।

सत्ताको खेलमा यो मुद्दा पनि महत्वपूर्ण बनेको छ भित्र भित्र । धर्मनीरपेक्षता पक्षधर एमाले, माओवादी, रास्वपा र जसपा एकजुट हुँदैछन् सत्ताका लागि । काँग्रेस भने सत्ताबाहिर पुग्ने देखिएको छ ।

राप्रपाले भने के गर्छ चासो बनेको छ । विगतमा राप्रपा माओवादी र एमालेसहितको गठबन्धनमा दुई महिना रहेर सरकारमा बस्यो । अब भने उसले के गर्छ ? चासो बनेको छ ।

प्रतिक्रिया