३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इलाम २ बाट उम्मेदवार बन्न झलनाथको लबिङ


415
Shares

काठमाडौं, १९ फागुन । इलाम २ मा रिक्त प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने लबिङा तिव्र भएको छ । वैशाखमा उपनिर्वाचन हुने भएपछि सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अलावा पूर्वका जातीय समूहले सक्रियता बढाएका हुन् ।

इलाम २ २०७९ मंसिर ४ मा भएको चुनावमा नेकपा एमालेका तत्कालीन नेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले जितेको क्षेत्र हो । उनले काँग्रेसका डम्बरबहादुर खड्कालाई ११६ मतान्तरले पराजित गरेका थिए ।

क्षेत्र नं १ मा झलनाथ खनाल झण्डै २६ सय मतले एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । खनाल गठबन्धनका उम्मेदवार थिए । उनी नेकपा एसका सम्मानित नेता हुन् ।

पूर्वप्रधानमन्त्री खनाल इलाम २ मा उम्मेदवार बन्न खोजेका छन् । उनले गठबन्धनका नेताहरुलाई भेटेर आफ्नो चाहनाबारे जानकारी गराइसकेका छन् ।

काँग्रेसले भने उक्त क्षेत्रमा आफ्नो उम्मेदवारलाई नै बढाउन चाहेको छ । यसअघि झीनो मतान्तरले काँग्रेस उम्मेदवार पराजित भएकाले त्यहाँ उसकै दाबी छ । खनालले शनिबार विहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू उम्मेदवार बन्न चाहेको जानकारी गराएसँगै नयाँ घटनाक्रम विकास भएको छ ।

एमालेले इलाम २ मा सुभाष नेम्वाङकै परिवारका सदस्यलाई बढाउन चाहेको बुझिएको छ ।

रास्वपाले रमेश प्रसाईँलाई उम्मेदवार बनाउन खोजेको छ । त्यहाँ रास्वपा नेताहरुको सक्रियता बढेको छ ।

प्रतिक्रिया