३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अमेरिका-रुस युद्ध भए के होला ?


581
Shares

एजेन्सी, १८ फागुन । युक्रेन युद्धको बाछिटाहरु विश्वभर फैलदै गएको छ । अफगानिस्तानबाट अमेरिकी सेना हट्न वाध्य हुनुमा रुसी भूमिका मुख्य थियो । त्यसपछि चल्यो युक्रेन युद्ध ।

युक्रेनमा अमेरिकासहित पश्चिमा देशहरुले ब्याकिङ गरेपछि घटना डरलाग्दो भएको छ । सिरियामा पनि फैलियो युद्ध । त्यसपछि रुसले खेल्यो इजरायलमा । जहाँ हमासले घातक हमला गर्यो ।

समुन्द्रमा हुथी हमलाका पछाडि इरानको साथ छ । जहाँ अमेरिका, बेलायत र पश्चिमा देशको जहाजमाथि आक्रमण चलिरहेको छ । इरानलाई रुसको साथ छ ।

अफ्रिकामा फ्रान्सको वर्चश्वमाथि चुनौती बढेको छ । त्यहाँ फ्रान्सविरोधी समूह सत्ता हडप्न थालेका छन् । कतिपय देशमा सैनिक कू भएको छ जसका पछाडि रुसको हात छ ।

फ्रान्सले अफ्रिकामा प्रभाव गुम्न थालेपछि कडा नीति सार्न खोजेको छ । युक्रेनमा नाटो सैनिक पठाउने इमानुयल माक्रोनको टिप्पणी आएको छ । युक्रेनमा सेना पठाए नाटोसँग सिधा युद्ध हुने चेतावनी रुसले दिइसकेको छ । उसले आणविक अस्त्र नै हान्ने चेतावनी दिएको छ ।

आणविक युद्ध भएमा खतरनाक अवस्था आउनसक्छ । रुससँग सँसारकै शक्तिशाली आणविक बम छ । सँसारको सबै देशको आणविक शक्ति जोड्दा पनि रुसकै बढी हुन आउने तथ्यांकहरु छन् । रुसले निकै वर्ष अगाडि जार बम परीक्षण गरेको थियो जसले ठूलो भूभाग ध्वस्त पार्न सक्छ । अहिले त उसले झन् खतरनाक आणविक हतियार विकास गरिसकेको छ ।

अमेरिका र रुसबीच युद्ध हुनु भनेको आणविक युद्धमा सँसार जानु नै हुनसक्छ । त्यसले सँसारमा विनाश निम्त्याउन सक्छ ।

प्रतिक्रिया