३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दू धर्ममाथि अनास्था फैलाउन पैसा बाँड्ने र लिनेको खोजी गर्न सांसद रमा पौड्यालको माग


1.8k
Shares

काठमाडौं, १८ चैत्र । अमेरिकाले नेपालमा हिन्दू धर्ममाथि अनास्था फैलाउन पैसा दिइरहेको विषय उठेको छ । प्रतिनिधि सभामा आइतबार बोल्दै नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले प्रधानमन्त्रीलाई यसबारे सत्य तथ्य जानकारी गराउन माग गरेकी छिन् ।

‘अमेरिकाको संसदमा नेपालीहरुको धर्ममाथि अनास्था फैलाउन पैसा बाँडियो भन्ने विषय उठेको छ,’ पौड्यालले प्रश्न गरिन्, ‘कस्ले पैसा ल्याइरहेको छ ?’

नेपालमा सनातन देखि चलिआएको धर्ममाथि अनास्था फैलाउन पैसा बाँडिएकोबारे चाँडोभन्दा चाँडो खोजी गर्न माग गरिन् । प्रधानमन्त्रीले यसबारे जानकारी गराउनुपर्ने उनको माग थियो ।

पैसा बाँड्ने र पैसा लिनेको खोजी गरी सार्वजनिक गर्न पनि माग गरिन् ।

अमेरिकाका सांसद्ले नेपालमा धार्मिक अनास्था फैलाउन करोडौं रकम बाँडिएको विषय त्यहाँको संसद्मै उठाएका थिए । यसले नेपालमा मात्र नभई बाह्य जगत्मा पनि तरंग आएको छ ।

प्रतिक्रिया