२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दू धर्ममाथि प्रहार गर्न कहाँबाट आयो पैसा


581
Shares

काठमाडौं, १७ चैत्र । नेपालमा हिन्दू धर्ममाथि प्रहार गर्न विदेशबाट पैसा आइरहेको तथ्यहरु धमाधम खुल्न थालेको छ । विशेषगरी पश्चिमा देशहरुबाट विभिन्न माध्यमले पैसा आइरहेको छ नेपालमा । सामाजिक संस्थाका नाममा आएका पैसाहरु धार्मिक अनास्था फैलाउन र हिन्दू धर्मविरुद्ध प्रहार गर्न आइरहेको विषय उठ्दै आएको थियो । धर्मान्तरणमा त ठूलै रकम बगिरहेको छ । यो विषय नेपालका केही साहसी व्यक्तिहरुले मात्र उठाउने गरेका थिए । अहिले आएर अमेरिकाका सांसदहरुले नै नेपालमा धार्मिक अनास्था फैलाउन पैसा बाँडेको विषय सार्वजनिक रुपमै बोले । यसले नेपालभित्र र बाहिर समेत तरंग आएको छ ।

विशेषगरी नेपाल र भारतमा हिन्दू धर्म विरोधी गतिविधिमा अमेरिकाले पैसा बाँडेको विषय उठाइरहेका छन् अमेरिकाको रिपब्लिकन सांसदले । उनीहरुले विभिन्न देशमा समलिङ्गिको अधिकारका लागि भन्दै पैसा बाँडेको विषय पनि उठाएका छन् । यसको प्रमाणसहित त्यहाँकै सांसदहरुले बोल्न थालेपछि तरंग आएको छ ।

नेपालमा नास्तिकता फैलाउन अमेरिकाबाट करोडौं पैसा बाँडिएको त्यहाँकै सांसदले खुलाएपछि नेपालको राजनीतिक र सामाजिक क्षेत्रलाई नै तरंगित पारेको छ । यस्तो पैसा कहाँ कहाँ कस्ले पायो भन्नेबारे चासो पनि बढेको छ । नेपालमा धार्मिक अनास्था फैलाउन गनेचुनेको व्यक्तिहरुको समूहसम्म पैसा पुगेको खुलेको हो । त्यस्ता व्यक्तिहरु राजनीतिक, सामाजिक र लेखन क्षेत्रमा सक्रिय रहेका छन् । उनीहरुले धार्मिक अनास्था फैलाउन रकम लिएको विषय चर्चामा छ ।
अमेरिकी सांसद ब्रायन मास्टले नेपालमा नास्तिकहरुमा पैसा खर्च भइरहेकोमा प्रश्न संसदमै गरेका हुन् । दशौं करोड नेपाली रुपैयाँ त्यस्ता काममा खर्च भइरहेको भन्दै रिपब्लिकन सांसदले प्रश्न उठाएका हुन् । मास्टले संसदमा यस विषयमा बोलेर ट्वीटरमा समेत राखेका छन् । अमेरिकी सांसदको खुलासालाई अमेरिकी राजदूतावासले भने खण्डन गरेको छ । उसले कुनैपनि निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरुलाई प्रवद्र्धन नगर्ने भनेपनि आफ्नो रोजाईको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवद्र्धन गर्ने गरेको स्वीकारेको छ । अमेरिकी राजदूतावासले नोट मार्फत् विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्ने विषयलाई प्रवद्र्धन गरेको भनेको छ ।

अमेरिकाले समलिङ्गि अधिकारको लागि भन्दै रकम बाँडेको पनि खुलेको छ । यसलाई अमेरिकी राजदूतावसको नोटमा घुमाउरो पाराले स्वीकारिएको छ । नेपालमा पछिल्लो समय समलिङ्गिसम्बन्धी गतिविधिमा अमेरिकाको चासो निकै देखिन्छ । अमेरिकी राजदूतले नै समलिङ्गि विवाहको खुलेर प्रशंशा गरेका छन् । अमेरिकामा रिपब्लिकन सांसदहरुले भने धार्मिक अनास्था र समलिङ्गि अधिकारका लागि भन्दै रकम बाँडेकोबारे प्रश्न उठाउँदै आएका छन् । दुई वर्ष अघि रिपब्लिकन पार्टीकै सांसद न्युट ग्रिनरिचले वाइडेनले धार्मिक परियोजनामा खर्च गरेको विषय उठाएका थिए । नेपालमा नास्तिकता प्रवद्र्धन र धर्मान्तरणमा ठूलो रकम पश्चिमा देशहरुबाट आइरहेको खुल्दै आएको छ । यसको पुष्टि अमेरिकाकै सांसदको अभिव्यक्तिबाट प्रष्ट भएको छ । यस्ता रकमहरुका कारण नेपालमा अमेरिकाप्रति जनमानसमा नकारात्मक भावना विकास भइरहेको छ । तर, अमेरिकाले घुमाउरो तरिकाले अन्य क्षेत्रमा रकम सहयोग गरेको दाबी गरेको छ ।

नेपालमा यूरोपका कतिपय देश र चर्चहरुबाट पनि पैसा आइरहेको छ । ती पैसा सामाजिक संस्थामार्फत् आइरहेका छन् । विभिन्न आवरणमा आइरुहेका त्यस्ता पैसाबारे अनुसन्धान भइरहेको छैन ।
यसैगरी, गैरकानूनी मार्गबाट पनि पैसा आइरहेको छ नेपालमा । ती पैसा धर्मान्तरणका लागि खर्चिएका छन् ।

प्रतिक्रिया