४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दूरसञ्चार प्राधिकरणका १९ जनाविरुद्ध ९१ करोड नोक्शान पुर्याएकोमा अख्तियारको मुद्दा


830
Shares

काठमाडौं, १५ चैत्र । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिदमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहिबार विशेष अदालतमा प्राधिकरणका पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसहितका उच्च अधिकारीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थलगायत, सहायक निर्देशक संदिप अधिकारी र सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार यादव, प्रतिक्षा पौडेल र निराजन कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले एडीएमएस प्रणाली खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ नोक्शान पुर्याइएको भन्दै बिगो दाबी समेत गरेको छ ।

प्रतिक्रिया