१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इम्बोस्ड नम्बर प्लेटमा अरबौंको घोटाला, को को माथि छानविन


996
Shares

काठमाडौं, १४ चैत्र । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामाथि नियोजित आक्रमणको उद्देश्यले ल्याइएको खुलिसकेको छ । नेपालको राज्य संयन्त्रमा नियन्त्रण बनाएकाहरुलाई नै भ्रष्टाचारमा डुबाएर इम्बोस्ड नम्बर प्लेट लादिएको छ । यसमा एकातर्फ भाषामाथि आक्रममण भएको छ भने अर्कोतर्फ नेपाललाई अरबौंको नोक्शानी पुर्याइएको छ ।

इम्बोस्ड नम्बर प्लेटको खेलमा आइटी माफिया विकल पौडेल समूह नै सक्रिय भयो । उक्त समूहले तत्कालीन मन्त्री विजयकुमार गच्छेदारलाई प्रभावित पारेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर पनि अदालतबाट स्टे अर्डर जारी गराउन प्रभावित भएको खुलिसकेको छ ।

अमेरिकी र बँगलादेशी संयुक्त कम्पनी डेकाटुर इन्डस्ट्रिज इन्कर्पेरिट ठेक्का पाउन सफल भएको यो विषयमा रकम भुक्तानी मोडालिटी बुट प्रणालीमा छ । जसका कारण राज्यलाई अर्बभन्दा बढी नोक्शानी भइसकेका ेछ । अमेरिकी डलरको मूल्य बढ्दै जाँदा झण्डै पाँच अर्बको ठेक्का लागद झण्डै पाँच अर्ब पुग्न लागेको छ ।

इम्बोस्ड नम्बर प्लेटको घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । अख्तियारले झण्डै ५ अर्ब ठेक्कामा ३ अर्ब भ्रष्टाचार भएकोमा छानविन थालेको हो ।

१७ जेठ २०७३ मा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न डेकाटुर टाइगर आइटी कम्पनीसँग ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया