३१ भाद्र २०८१, सोमबार | September 17, 2024

रवि लामिछाने स्टन्टमै मस्त


830
Shares

काठमाडौं, १३ चैत्र । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने काम कम चर्चा धेरैमा रमाउन थालेका छन् । उपप्रधानमन्त्री भएलगत्तै उनले सुन तस्कर समाउने अभियान चलाए । माओवादीका प्रभावशाली नेताहरु नै पक्राउ परे । तर, विभिन्न बहानामा उनीहरुलाई उन्मुक्ति दिने क्रम चलिसकेको छ ।

लामिछानेले सुन तस्करीमा अनुमानको भरमा विभिन्न व्यक्तिलाई कारबाही चलाउने सम्मको चेतावनी दिए । उनले सुन तस्करी छानविनका लागि अर्को समिति नै बनाउन लगाएका छन् । समितिले अब को को नयाँ व्यक्तिलाई पक्राउ गर्छ भन्ने चासो रहेको छ । प्रमाणभन्दा अनुमानको भरमा लान्छना लगाउने प्रवृत्ति लामिछानेका देखिएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई कुनै हालतमा पक्राउ गर्ने भन्दै रविले बोलेका छन् । तर, जीबी राईको नाममा रेड कर्नर नोटिश जारी भएपनि पक्राउ परेका छैनन् । राई रविका पुराना व्यवसायिक साझेदार हुन् । यसबारे प्रमाणहरु नै सार्वजनिक भइसकेको छ ।

गृहमन्त्रालय संवेदनशील मन्त्रालय हो । गृहमन्त्रीको अभिव्यक्ति निकै महत्वपूर्ण हुन्छ । तर, रविले स्टन्टका लागि कडा अभिव्यक्ति दिदै हिंडेका छन् । उनी फेरि चर्चामाथि चर्चा कमाउन चाहन्छन् । चर्चा बटुलेर लोकप्रीय हुने र मिसन २०८४ भन्दै हिंडिरहेका छन् ।

रोचक त यो छ कि रवि लामिछानेसँग राजनीतिमा आवश्यक पर्ने कुनै बलियो राजनीतिक सिद्धान्तको धरातल छैन । उनको धरातल भनेको क्षणिक चर्चा नै हो । यो तलमाथि भएमा रविको राजनीतिक तासको घर जस्तै गर्लामर्गुलुम्म ढल्नसक्छ ।

प्रतिक्रिया