२ माघ २०८१, बुधबार | January 15, 2025

विश्वकप फुटबलको एशिया छनोटमा को को जिते


332
Shares

एजेन्सी, ९ चैत्र । विश्वकप फुटबलको एशिया प्यासिफिकतर्फको गएरातिको छनोटमा कुनै आश्चर्यजनक परिणाम आएन । एशियाका बलिया फुटबल शक्तिहरुले गोलको वर्षा गरे प्रतिद्वन्द्वीमाथि ।

नेपाल बहराइनसँग ५-० ले पराजित भयो । योसँगै नेपालको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ । नेपालको फुटबल संघ एन्फा चरम राजनीतिक हस्तक्षेपमा पर्दाको असर फुटबलमा समेत देखिएको छ ।
अफगानिस्तानले भारतसँग गोलरहित बराबरी खेल्यो । कतारले कुवेतलाई ३-० ले हरायो ।

म्यानमारले सिरियासँग १-१ को बराबरी खेल्यो । जापानले उत्तर कोरियालाई १-० ले पराजित गर्यो ।

सिंगापुर र चीनबीच २-२ को बराबरी भयो । कोरियासँग थाइल्यान्डले ११ को बराबरी निकाल्यो ।

किर्गिज रिपब्लिकले ताइवानलाई २-० ले पराजित गर्यो । ओमानले मलेशियालाई २-०, हङकङलाई उज्वेकस्तानले २-०, इरानले तुर्केमिनिस्तानलाई ५-०, इन्डोनेशियाले भियतनामलाई १-०, इराकले फिलिपिन्सलाई १-०, जोर्डनले पाकिस्तानलाई ३-०, साउदी अरेबियाले ताजिकिस्तानलाई १-०, युएईले यमनलाई २-१, पेलिस्टाइनले बँगलादेशलाई ५-० र अष्ट्रेलियाले लेबननलाई २-० ले पराजित गरेको छ ।

अघिल्लो चरणमा कतार, जापान, इराक, साउदी अरेबिया, युएई र अष्ट्रेलियाले स्थान पक्का गरेका छन् ।

९ समूहमा दोस्रो चरणको होम र अवे खेलबाट हरेक समूहको विजेता र उपविजेता तेस्रो चरणमा जानेछन् । तेस्रो चरणमा प्रवेश गरेका १८ टोलीलाई ३ समूहका विभाजित गरी होम र अवे गरी लिग खेलाइनेछ । जसमध्ये समूह विजेता र उपविजेता गरी ६ टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

समूहको तेस्रो र चौंथो हुने देशहरुबीच दुई समूह बनाएर लिग हुनेछ । दुई समूहको विजेता विश्वकपमा छनोट हुनेछ । उपविजेता बनेका दुवै समूहका दुई टोलीबीच प्ले अफबाट बाँकी टोलीको छनोट हुनेछ ।

प्रतिक्रिया