९ माघ २०८१, बुधबार | January 22, 2025

नेपाललाई चीनको ऋण बोकाउने बीआरआई कार्यान्वयनको सम्झौतामा हस्ताक्षरको तयारी


996
Shares

काठमाडौं, ७ चैत्र । नेपाललाई ऋण बोकाउने चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षरको तयारी प्रचण्ड नेतृत्वको सरकारबाट भएको छ । सत्ता गठबन्धन फेरिएलगत्तै प्रचण्ड सरकारले बीआरआई कार्यान्वयनमा हस्ताक्षरको तयारी गरेको हो ।
यसअघिको गठबन्धनको घटक नेपाली काँग्रेसले बीआरआई अनुदान भए लिने ऋण नलिने अडान लिएको थियो । जसका कारण प्रचण्ड अगाडि बढ्न सकेका थिएनन् ।
गठबन्धनमा एमाले आएलगत्तै बीआरआई कार्यान्वयनमा हस्ताक्षरका लागि सरकारले तयारी थालेको हो । यसलाई सफल बनाउन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाने तय भएको छ । तर, उनी बोआओ सम्मेलनको बहानामा त्यहाँ जाँदैछन् ।
उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठ बीआरआई कार्यान्वयनको पक्षमा उभिदै आएका थिए । बीआरआई कार्यान्वयनको सम्झौता गराउन अर्थमन्त्री वर्षमान पुन पनि सक्रिय भएका छन् ।
बीआरआईलाई नेपाललाई ऋणको पासोमा पार्ने परियोजनाका रुपमा पनि आलोचना गरिन्छ । चीनले बढाएका कतिपय आयोजनाहरु यसरी नै विवादमा परेका छन् ।

प्रतिक्रिया