२२ भाद्र २०८१, शनिबार | September 8, 2024

चिनियाँ राजदूत सोङ किन सक्रिय भए


913
Shares

काठमाडौं, ७ चैत्र । चिनियाँ राजदूत छन सोङले सक्रियता बढाएका छन् । उनले सरकारका प्रभावशाली मन्त्रीहरुलाई धमाधम भेटिरहेका छन् ।

सत्ता गठबन्धनमा फेरबदल आएपछि राजदूत सोङले सक्रियता बढाएका हुन् । उनले विशेषगरी आर्थिक क्षेत्रसँग जोडिएका मन्त्रालय हाँक्ने मन्त्रीहरुलाई भेटेका हुन् ।

राजदूत सोङले अर्थमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठलाई यसै हप्ता भेटिसकेका छन् ।

चीनको नेपालको भौतिक पूर्वाधार र टेलिकम क्षेत्रमा निकै चासो छ । निर्माण क्षेत्रमा चिनियाँ कम्पनीहरु सक्रिय छन् । टेलिकममा पनि चिनियाँ कम्पनी हावी छन् ।

चीनले नेपालबाट पूर्वाधार विकास, टेलिकमलगायतका क्षेत्रमा ठेक्का र उत्पादन विक्रीबाट दशौं अर्ब वार्षिक लाभ लिइरहेको छ । तर, चिनियाँ कम्पनीहरु विवादमा परेपछि राजदूत सोङले यसको बचाऊ गर्दै आएका छन् ।

चीनको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक बाह्य उडान सञ्चालनमा आउन सकेको छैन । चिनियाँ कम्पनीले निर्माण गरेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छैन ।

चिनियाँ कम्पनीले ठेक्का लिएकामध्ये फाष्ट ट्रयाक, सुरुङमार्ग, बुटवल नारायणगढ सडकखण्डमा ढिलाई र समस्या आइरहेको छ । तर, चिनियाँ राजदूत सोङ यसलाई ढाकछोप गर्दै बचाऊमा खुलेरै सक्रिय भएका छन् ।

प्रतिक्रिया