३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाल-भारत संस्कृत सम्मेलनमा के के हुँदैछ


498
Shares

काठाडौं, ६ चैत्र । अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलन काठमाडौंमा हुने भएको छ । चैत्र १४ बाट १६ सम्म हुने सम्मेलनमा नेपाल र भारतका संस्कृतिका विद्धान तथा नीति निर्माण तहका व्यक्तित्वको सहभागिता रहने जनाइएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलन संयोजक डा. प्रेमराज न्यौपानेले नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशको सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको विशिष्ट अध्ययन गर्नु, संस्कृतको वैश्विक प्रभावलगायतमा विमर्श हुने बताए ।

सम्मेलनमा १५ भन्दा बढी कार्यपत्र प्रस्तुत हुने न्यौपानेले जानकारी दिए । संस्कृतिको महत्व र एक्काइसौं शताब्दीमा यसबाट नेपाल र भारत दुवैले लिनसक्ने लाभका बारेमा पनि विमर्श हुने बताए ।

सम्मेलको आयोजकमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय, नयाँ दिल्ली, इन्डिया फाउन्डेशन, नयाँ दिल्ली रहेका छन् ।

सम्मेलनबाट नेपाल र भारतका संस्कृत सम्बन्धी साझा धारणाहरु निश्चित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया