३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतमा लोकसभा चुनावको मिति घोषणा, मत सर्वेक्षणले देखायो भाजपालाई बहुमत


1.5k
Shares

एजेन्सी, ३ चैत्र । भारतमा लोकसभा चुनावको मिति घोषणा भएको छ । त्यहाँको निर्वाचन आयोगले १९ अप्रिलबाट १ जुनसम्म ७ चरणमा चुनाव हुने गरी शनिबार मिति घोषणा गरेको हो । चुनावको मतगणना ४ जुनमा हुनेछ ।
१९ अप्रिल, २६ अप्रिल, ७ मे, १३ मे, २० मे, २५ मे र १ जुनमा चुनाव हुनेछ ।

नेपालसँग सीमा जोडिएको राज्यहरु उत्तर प्रदेश, विहार र पश्चिम बँगालमा सात चरणमा चुनाव हुनेछ । सिक्किम र उत्तराखण्डमा एकै चरणमा चुनाव हुने जनाइएको छ ।

चुनावको प्रारम्भिक मत सर्वेक्षणले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्ने देखाएको छ । मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने दौडमा छन् ।

मोदीको प्रधानमन्त्रीकालमा भारतले द्रुत आर्थिक प्रगति हासिल गरेको छ । २०१४ मा मोदी प्रधानमन्त्री हुँदा भारतको दशौं धनी देश थियो भने २०२४ मा आइपुग्दा पाचौं धनी देश बनेको छ ।

भारतले सैन्य शक्ति पनि वृद्धि गरेको छ । चन्द्रमामा यान अवतरण गर्नुका साथै शक्तिशाली हतियार निर्माणमा सफलता हासिल गरेको छ ।

भारत विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको देश पनि बनेको छ । उसले जनसंख्यालाई नै शक्तिवृद्धिका लागि सदपुयोग गरेको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया