१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुन तस्करीको आरोपमा पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पक्राउ


913
Shares

काठमाडौं, २ चैत्र । सुन तस्करी प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई धापासीबाट प्रहरीले पक्राउ गरेको हो ।

दीपेश पुनमाथि सुन तस्करीमा संलग्न विदेशी नागरिकसँग साँठगाँठ गरेको आरोप छ । सुन तस्करीमा पूर्वराष्ट्रपति पुनको तत्कालीन सचिवालयका महत्वपूर्ण व्यक्तिहरु नै संलग्न रहेको तथ्य खुलेको छ ।

सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन अनुसार प्रहरीका कतिपय अधिकारी नै कारबाहीमा परेका छन् । सीआइबी प्रमुख किरण बज्राचार्यको मन्त्रिपरिषद्को बैठक राखेर सरुवा गरिएको छ । सीआइबीमा श्याम ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

सुन तस्करीको अनुसन्धानमा त्रुटी गरेको भन्दै प्रहरी अधिकृतहरुलाई कारबाही गर्न आयोगले सिफारिश गरेको छ ।

सीआइबीको कारबाहीमा परेको टोली गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगीको अनुसन्धानमा सक्रिय थियो । यो घटनालाई अर्थपूर्ण मानिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया