११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

ठुलो बैंक ठूलै ठगी !


468.5k
Shares

आकृति रायमाझी । एनआईसी एसिया बैंकले गरेको लिलाम सम्बन्धी मुद्दाको फाइल मलाई एक महिला उद्यमी नसिमा खानले रुदै हेरीदिनु भनेर आउनु भयो । मोटो–मोटो २ वटा अदालती मिसिल बोकर ल्याउनु भयो । सुरूमा मैले मुद्दा हेर्दा सामान्य प्रक्रियागत त्रुटि मात्र देखे । मलाई लागेको थियो अरुको नाममा घरजग्गा दाखिला नै भैसकेको मुद्दामा पक्षहरु एक अर्कासंग मिलेको नै राम्रो । तर बिस्तारमा मैले मुद्दा बुझदै जाँदा म आफै एकछिन अलमलिए । अर्का एक अधिवक्ता साथी जो मेरो तुलनामा कप्रोरेट ल र लिटिगेशनमा अझ बिज्ञ छन् उनी संग सल्लाह गरे । मुद्दामा भेटिएका केही अनौठो प्रमाणबारे छलफल गरे र त्यसपछि बल्ल निस्कर्षमा पुगे ।

ठुला–ठुला बैंकले कुन हद सम्म श्रोत र साधनको प्रयोग एवं दुरुपयोग गरी ऋणिलाई हतोत्साहित पारि संगठित किर्ते र ठगी गर्ने गरेका रहेछन् । निज नसिमा खानले जम्मा ३ महीनाको किस्ता नतिर्दा घरबार गुमाउनू पर्यो भनेर उठान भएको यो घरजग्गा लिलाम मुद्दा बास्तवमा यति सामान्य हैन् रहेछ । बैंकले गरेको सोच्दै नसोचेको सरकारी कागज कीर्ते र संगठित ठगि समेत रहेछ।

नसिमा खानको नाममा रहेको मैंतीदेवी स्थित ३६३ न को घर जग्गा २ करोड़ २० लाखमा लीलामबाट कबोल गर्न बैंकका कर्मचारी आफैले लीलाम हुनू २ महीना अगाबै ब्रोकर झै ३६३ की न को घरधनी पंफाकुमारी दाहाल हो भनि असोज महीनाको सुरूमै सोही घरजग्गा धितो राखी १ करोड़ ८० लाख लोन पास गराएर सोही धीतो राखी पास भएको लोनबाट पंफाकुमारी दाहालले ६ कार्तिक नवमीको छुट्टीको दिन बिड अमाउंट नसिमा खानको खातामा ट्रान्र्सफर गरेको देखियो।

नसिमा खानको संपत्ति की न ३६३को घरजग्गा लीलाम सकार्न बैंक आफैले प्रपन्च रच्यो । नसिमा खानको सम्पति धीतो राखी, पम्फाकुमारी दाहालको नाममा लोन पास भएको झन्डै १ महीना पछि, कार्तिक १४ मा बैंकको रोकका फुकुवा भई पम्फाकुमारी दाहालको नाममा मालपोतमा दाखिल गरिदिनु भनी बैंकको पत्र अनुसार रजिस्ट्रेशन पास भै भोलिपल्ट कार्तिक १५ मा निज एसिया बैंक कै १ करोड़ ८० लाखको (थैली बराबर कै रकमको) रोक्का पनि भयो । क्लाइमेक्समा असोज २९ गते सम्मपनि नसिमा खानलाई नाटकीय हिसाबले प्रक्रिया मिलाउन मात्र सूचना दिएको छ जब कि जग्गा नै अरुको हो भनी लोन रिलिज भई सक्यो। नसिमा खान भने बैंकको लोन प्रमुखको पछी पछि केही दिन समय माग्न दौड़ीरहेकी थीइन । जब बैंकले जग्गाधनी अरु नै देखाई कीर्ते कागज फाइलमा राखेर लोन पास समेत गरी सक्यो, पटक–पटक नाटकीय हिसाबले सूचना झुक्काऊन निकाली रहेको हुन्छ । अझ लोन थप गरीदिने छू भनी आस्वासन पनि दिन्छ ।

अझ २ करोड़ २० लाखमा किन्नेले लिलाम सकार गर्दा, बैंकले जग्गा १ करोड़ ८० लाखको थैली राखी ४० लाख डिस्काउन्ट गरी पास गरिन्छ । सम्बन्धित मालपोतमा समेत नसिमा खानले भरेको भनि नक्कली विवरण कीर्ते सही गरी पेश भएको देहिन्छ । बैंकले लाभ कर विवरण नक्कली पेस गरेर नसिमा कै बैंक खाताबाट लाभ कर काटी जग्गा पास भएको भोली पल्ट १६ गते फेरी घरबाटो सिफारिसको दस्तूर भनि ७५ हजार पनि नसिमा खान कै खाताबाट काटिन्छ जून सिफारिस १३ गते नै वडा ले दिएको छ।

अब यसमा मलाई लागेको जिज्ञासा
१. जग्गा धनीलाई जानकारी दिनु अगाडी नै बैंक आफैले ऋणीको धितो कागज पुर्जा निकालेर नयाँ व्यक्तिलाई ब्रोकर झै बेची ऋण समेत प्रवाह गर्न मिल्छ ?? बैंकलाई धितो हिनामीना गरी लिलामको नाममा जग्गा दलाली गर्ने अधिकार कुन कानुनले दियो ?

२. लिलाम सकार गर्ने व्येक्तिले जब २ करोड़ २० लाखमा सकार्ने गरी बोलकबोल गरेको छ भने बैंक र भूमिसुधार मन्त्रालयको कर्मचारीलाई ४० लाख घटाई पास गर्ने निर्णय कुन कानुनले दियो ?? कीर्ते र राजस्व छली गरि १ करोड़ ८० लाखमा बेच्ने अनुमति तपाईलाई कसले दियो ?

३. बाटोको सिफारिस १३ गते दिंदा वडाले पैसा नलिकन रसिद उधारोमा दिन मिल्छ ?? कार्तिक १३ गते काटेको रसिदको रकम कार्तिक १६ गते दाखिल गर्न मिल्छ ?

४. घरको लिलाम गर्दा के घर भित्रको संपूर्ण सर सामान पनि बैंकले लिलाम गर्न मिल्छ ? वडाले पनि जो कोहीलाई जिम्मा लगाउन मिल्छ ???

५. १ करोड़ ८० लाखको लिखत पास घरलाई बैंकले १ करोड़ ८० लाख नै ऋण प्रवाह गर्न मिल्छ र ?? त्यो पनि नयाँ खरिदारलाई ५% ब्याज समेत घटाई दिएर ?

६. यी सबै ठगि कीर्ते जालसाजिको साक्षी राष्ट्र बैंकको गवर्नरजी ले बस्दिनु हुन्छ ? बैंकका सञ्चालक तथा कर्मचारी र सरकारी कर्मचारीको मिलोमतोमा यस्तो सम्म जालसाजी ठगी कीर्ते र संगठित अपराधबाट पर्दा उठ्दा राष्ट्र बैंकको गवर्नरसाब, तपाई एनआइसी एसिया बैंकको ब्रान्ड एम्बेसडर झै सिफारिस नगर्नुस । प्रमाण तथ्य अनि सत्य कैले सम्म लुकाउने ?

७.बैंकमा काम गर्ने कर्मचारीलाई म लगायत धेरै बैंकमार्फत कारोबार गर्नेको यो १ प्रश्न– तपाईको आफन्त छिमेकी दाजूभाई सबैले तपाईलाई बिस्वास गरी त्यो बैंकमा कारोबार गर्छन् । तपाईकै आखा अगाड़ी यसरी ठगिदा तपाईहरु कहिलेसम्म मौन मतियार बन्ने हो ?

८.यी बैंकको बिज्ञापन गर्ने अभिनेता अभिनेत्रीले अब ठगिको पनि जिम्मा लिने हो त ? यस्तो संगठित बैंकिंग घोटालामा कीर्ते कागज राखि कर्जा प्रवाह मात्र नभई नक्कली खरीदकर्ता खडा गरेर समेत अनियमितता भएको छ ।

नसिमा खानको मुद्दा एउटा उदाहरण मात्र हो। धेरै ठगिएका ‘लीलाम पीडि़त’ यसरी नै बैंकद्वारा झूठा कागज प्रमाण कीर्ते गरी बैंकले अनियमितता गर्दा सब सरकारी निकाय मौन छन् भने ठुला सञ्चार माध्यम सोही ठुला बैंकको बिज्ञापन सम्प्रेषणमा दंग छन् । बैंकको पैसाको बल बिरूद्द यी साधारण निमुखाले कहिलेसम्म लड़ाई लड़ने ?? ऋणीसंग पैसा भए त लोन नै तिर्ने थिए होलान । आखिर दुर्गा प्रसाई जस्ता व्यक्ति त्यसै जन्मिदैनन । दुर्गा प्रसाई बैंक पीडि़तहरुको आक्रोस बोकेको परिवर्तनको सोच रहेछ ।

म आफै वकील हूँ, यो कुरा भन्दा लज्जित छू तर न्यायलयमा न्याय पॉउन सजिलो छैन् । साधारण जनता, सत्ता र पावरमा पहुँच नहुने, नेता र न्यायाधीसको वरिपरीको सहयोगी समेत नचिनेका र खल्ती समेत खाली हुने मुद्दावालाहरुले अदालतमा सजिलो छिटो न्याय पाउन गार्हो छ । धेरै कम न्यायाधीस छन् जो वास्तबमा न्यायमूर्ति भन्न लायक छन् । लायकÞ जतिलाई फेरी यो सिस्टमले मुद्दा नै नभएको ठाउँमा लखेट्छ । गार्हो छ नी ।

सल्लाह माग्न आउने धेरैलाई एउटै कुरा भन्ने गरेको छु, तपाईले पनि ऋण लिनु भएको छ भने आफै सतर्क हुनुस् । यहाँ तपाईको पीड़ा बुझ्ने कुनै पनि निकाय छैन् । सञ्चालक, कर्मचारी र सरकारी कर्मचारी मिलेर यहाँ चरम अनियमितता गरेको सबलाई थाहा छ तर सब मौन छन् । ठगिकै नियत भएको यस्तो लिलाम त उदाहरण मात्र हो । नेपाल राष्ट्र बैंकले नै यी सब घोटाला लुकाउँदै आएको छ भने कमजोर सरकार जसलाई बलियो बैंककै सञ्चालकहरुले फन्डिग गरी आएका छन सब मौन छन् । न त प्रहरीले उजूरी लिने छ, न त कसैले मुद्दा चलाउने छन् ।

लेखक रायमाझी अधिवक्ता हुन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया