३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सत्ता लिप्साले पतिपत्नीबीच झगडा


1.2k
Shares

काठमाडौं, १ चैत्र । राजनीतिमा आफ्नो र अर्काको केही हुन्न । स्वार्थले मिल्ने र स्वार्थले छुट्टिने हुन्छ । जब राजनीतिक सही तरिकाको हुँदैन तब कतिपयको घरबार नै बिग्रन्छ । त्यस्तै हुनलागेको छ रेशम चौधरीको घरबार
जातीय थरुहट गतिविधिबाट उदाएका रेशम लामो समय जेल बसे । उनी जेल बस्दा पत्नी रञ्जीता श्रेष्ठको नाममा दल खोल्न लगाए ।

जेलमै बसेर रेशमले दस्तावेज लेखे । रेशम कुनैबेला मधेश केन्द्रित दलबाट चुनाव लडेका थिए । उनले उक्त दल छाडेर आफ्नै दल खोले ।

थारु बाहुल्य बर्दिया र कैलालीमा पकड बनाए चौधरीले । उनी जेलमै रहँदा पत्नी रञ्जीता मन्त्री बनिन् । रेशम जेलबाट छुटे । उनी अध्यक्ष बनेपनि सर्वोच्च अदालतको आदेशपछि अवैध घोषित भए ।

प्रचण्ड सरकारलाई विश्वासको मत दिने मामलामा भने रेशम र रञ्जीताबीच घरझगडा नै परेको छ । यो झगडा छताछुल्ल भएको छ । रेशम प्रचण्डलाई विश्वासको मत नदिने पक्षमा उभिए भने रञ्जीता पक्षमा ।

रेशम र रञ्जीता राजनीतिक रुपमा एक अर्काप्रति आक्रामक बन्दै गएका छन् । उनीहरुको घरझगडा चलेको छ । जातीय राजनीतिक गरेका रेशमका लागि राजनीतिक महँगो बन्दै गएको छ । उनले असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया