८ माघ २०८१, मंगलबार | January 21, 2025

काँग्रेस र एमालेलाई मिलेर सरकार बनाउन प्रचण्डको चुनौती


1.1k
Shares

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेलाई मिलेर सरकार बनाउन चुनौती दिएका छन् । प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिने क्रममा उनले आफूले कसैलाई धोका नदिएको दाबी गर्दै त्यस्तो चुनौती दिएका हुन् ।

आफूले काँग्रेस र एमाले दुवैको भलो हुने काम गरेको समेत प्रचण्डको दाबी थियो । उनले अहिलेको निर्वाचन प्रणाली अनुसार नै आफूले तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए ।

आफूलाई धम्की नदिन चेतावनी दिदै प्रचण्डले राजनीतिक लाभ र हानीका आधारमा गठबन्धन बनाउने र भत्काउने कार्य गरेको बताए । उनले आफू कसैसँग नडराउने समेत बताए ।

प्रचण्डले धर्मनीरपेक्षतामा पटक पटक जोड दिए । उनले काँग्रेसले संविधान रक्षा गर्नुपर्ने भन्दा विपरितको धार लिन खोजेको समेत आरोप लगाए ।

प्रतिक्रिया