१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बैंकको ब्याजदर घट्यो


1.5k
Shares

काठमाडौं, २९ फागुन । बैंकहरुले चैत्र महिनामा लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि कर्जाको ब्याजदर पनि स्वतः घट्ने भएको हो ।

देशभरका २० वाणिज्य बैंकहरुमध्ये १७ ले घटाएका छन् । २ बैंकको ब्याजदर स्थिर छ भने एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । एनआइसीमा निक्षेपकर्ताले रकम झिक्न थालेकाले बढाउन वाध्य भएको हो ।

सबैभन्दा बढी ब्याजदर एभरेष्ट र एनएमबी बै)कले घटाएका छन् । दुवै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.४ प्रतिशत बिन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपमा ०.५ प्रतिशतले घटाएका छन् ।

प्रमु बैंक र ग्लोबल आइएमई बैंकको ब्याजदर फागुनको जति नै निरन्तर रहेको छ । उनीहरुले ७.५ प्रतिशतले नै ब्याजदर कायम राखेका छन् ।

कृषि विकास बैंकको सबैभन्दा कम ५.६ प्रतिशत ब्याजदर व्यक्तिगत तर्फ रहेको छ । संस्थागततर्फ ४.०१ रहेको छ ।

एसबीआई, हिमालय, इन्भेष्टमेन्ट, स्टान्डर्ड चाटर्डलगायत १७ बैंकले ब्यादजर ०.५०४२ प्रतिशतले घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा ७.७५ प्रतिशतबिन्दु कायम भएको छ । प्रिमियर स्वतः घट्ने भएकाले अब कर्जाको ब्याजदर पनि घट्ने भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया