३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश


21.7k
Shares

एजेन्सी, २९ फागुन । नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश बनेको छ । नेपालमा प्रतिवर्ष इशाईकरण निकै बढिरहेको उल्लेख छ ।

द सेन्टर फर द स्टडि अफ ग्लोबल क्रिस्टानिटीको रिपोर्ट अनुसार प्रतिवर्ष ११ प्रतिशतका दरले इशाईको संख्या नेपालमा बढिरहेको छ । सन् २०२० मा नेपालमा इशाईको संख्या ३.८ प्रतिशत रहेको दाबी गरिएको छ ।

विश्वमा सबैभन्दा बढी इशाईको संख्या एशियामा बढिरहेको रिपोर्ट छ । विश्वमा तिव्र इशाईकरण भइरहेको २० देशमध्ये १९ देश एशिया र अफ्रिकामा पर्छन् ।

नेपालपछि चीन, युएई, साउदी अरेबिया, कतार, ओमान, यमन, मंगोलिया, कम्बोडिया, बहराइन, बेनिन, बुर्किना फासो, दक्षिणी सुडान, भुटान, माली, ब्रुनाई, गिनी, कुवेत, सिंगापुर र र्तुकस एन्ड काइकोस आइल्यान्डमा तिव्र इशाईकरण भइरहेको रिपोर्ट छ ।

मुस्लिम बाहुल्य देशहरुमा पनि बढी इशाईकरण भइरहेको छ । रिपोर्ट अनुसार हिन्दू, बुद्ध, मुसलमान र स्वधर्म मान्नेहरुमा इशाईकरण तिव्र छ ।

विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू रहेको नेपालमा इशाईकरण तिव्र हुनुले चासो बढेको छ । विशेषगरी नेपालमा बौद्धमार्गीहरुमा इशाईकरण बढी रहेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । इशाईकरणका लागि नेपालमा ठूलो धनराशी खर्च भइरहेको छ । यसका लागि मुख्य दलहरुमा समेत यस्ता समूहले प्रभाव बढाइरहेका छन् ।

प्रतिक्रिया