२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डको पक्षमा देखिन्छ बहुमत, यस्तो छ संसदको अंकगणित


1.2k
Shares

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने निश्चितप्रायः छ । उनको पक्षमा बहुमत देखिएकाले पनि विश्वासको मत लिनसक्ने देखिन्छ ।

प्रचण्डलाई उनको दल नेकपा माओवादी केन्द्रसहित, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । यी दलहरुको कुल सांसद जोड्दा बहुमत छ ।

प्रतिनिधि सभामा २७५ सदस्य संख्या रहेकोमा सुभाषचन्द्र नेम्वाङको निधनपछि रिक्त सिटका कारण सभामुखबाहेक २७३ हुनआउँछ । बहुमतका लागि १३७ सांसद चाहिन्छ ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, स्वतन्त्र २, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, आम जनता पार्टी, नेमकिपा र राजमोको १-१ सदस्य रहेका छन् ।

प्रतिक्रिया