३१ भाद्र २०८१, सोमबार | September 17, 2024

माधव नेपाललाई १५ महिने प्रधानमन्त्रीको ललिपप


830
Shares

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री प्रचण्डलाई बुधबार विश्वासको मत नदिने पक्षमा नेकपा एस उभिनसक्ने भएपछि माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ललिपप दिइएको छ । विहानै प्रचण्डले बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतलाई डाकेर माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउने ललिपप दिएका हुन् ।

१५ महिना प्रधानमन्त्री बनाउने सहमति गरेपछि माधव नेपाल पनि दंग परेर हस्ताक्षर गरेका छन् गठबन्धनको पाँच दलबीचको सहमतिमा । तर, उनलाई प्रधानमन्त्री बनाउने सहमति अलिखित रहेको छ ।

माधव नेपाललाई कहिले प्रधानमन्त्री बनाउने भन्ने सहमति भने खुलाइएको छ । यसअघिको गठबन्धनमा पनि २०८१ को अन्ततिर माधव नेपाललाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने भद्र सहमति थियो । तर, प्रचण्डले बीचमै गठबन्धन तोडिदिए ।

यसैगरी, तीन वामपन्थी दल एकजुट भएको देखिएको छ अहिले । गठबन्धनमा जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि सामेल भएका छन् ।

प्रतिक्रिया