९ कार्तिक २०८३, आइतबार | October 25, 2026

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित


830
Shares

काठमाडौं,२९ फागुन। राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्

५६ जना सांसद सहभागी भएको मंगलबार राष्ट्रिय सभा मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । कांग्रेसका उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रतिक्रिया