२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रधानाध्यापक र क्याम्पस प्रमुख नै एमालेका जिल्ला नेता, प्राज्ञिकको उजूरीले जागिर धरापमा


55.4k
Shares

काठमाडौं, २७ फागुन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षकको भेषमा दलको नेता कार्यकर्ता बन्दै आएकाहरुमाथि उजूरी थालेको छ । प्राज्ञिकले राजनीतिक हस्तक्षेपमुक्त शैक्षिक संस्था बनाउने अभियान अन्तर्गन विभिन्न दलको कार्यकर्ता रहेका शिक्षक र प्राध्यापकहरुबारे उजूरी थालेको हो ।

प्राज्ञिकको उजूरीपछि संखुवासभा जिल्ला समन्वय समितिले राजनीतिक दलमा आवद्ध शिक्षक र प्राध्यापकहरुमाथि कारबाही बढाएको छ । संखुवासभाको रामेश्वर मावि र रामेश्वर क्याम्पसका प्रमुख मदन बहादुर खत्री र मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ति कुमार दाहालमाथि कारबाही बढाएको हो ।

खत्री र दाहाल एमालेको संखुवासभा जिल्ला अधिवेशनबाट पदाधिकारी नियुक्त भएका थिए । दुवैजना एमालेको जिल्ला कमिटिमा रहेको भेटिएपछि प्राज्ञिकले पदबाट हटाउन निवेदन दिएको थियो । यसबारे कारबाही बढेको हो ।

प्रतिक्रिया