१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काँग्रेस अब कता ?


415
Shares

काठमाडौं, २६ फागन । सत्ताबाट हटेर प्रमुख प्रतिपक्षी बनेको छ नेपाली काँग्रेस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएसँगै काँग्रेस प्रतिपक्षी बनेको हो ।

प्रचण्डले काँग्रेसले शान्ति सम्झौताको भन्दा विपरित लाइन लिन खोजेको आरोप लगाएका छन् यतिबेला । वास्तवमा काँग्रेस प्रचण्डको लाइनमा २०६३ सालयता हिडिरहेको छ । त्यो लाइन भनेको धर्मनीरपेक्ष, गणतन्त्र देखि संघीयता र समानुपातिक निर्वाचन प्रणाली नै हो । यो लाइन प्रचण्डकै हो ।

काँग्रेसभित्र धर्मनीरपेक्ष विरोधी धार बलियो हुँदै गएको छ । त्यसलाई प्रचण्डले रुचाएका छैनन् । उनी काँग्रेस आफ्नै पथमा बढोस् भन्ने चाहन्छन् ।

विस्तारै काँग्रेस प्रचण्डपथमा हिंड्न नसक्ने गरी नयाँ धार खोजिरहेको छ । उसको धार स्पष्ट भने छैन ।

काँग्रेसले धर्मनीरपेक्षका अलावा कतिपय शासकीय प्रणालीमा आफ्नो धारणा बदल्न सक्छ । त्यो बदलिने छाँटकाँट घटनाक्रमले देखाइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया