१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राष्ट्रिय सभा अध्यक्षका लागि फागुन २८ गते उम्मेदवारी दर्ता,मतदान कहिले ?


83
Shares

काठमाडौँ, २६ फागुन । राष्ट्रिय सभा अध्यक्ष पदका लागि आगामी फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता र मतदान फागुन २९ गते मङ्गलबार हुने भएको छ । कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल पछि यस्तो सहमति भएको हो ।

यसअघि राष्ट्रिय सभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । गत फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छवर्षे पदावधि सम्पन्न भएको छ ।

सोसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको प्रक्रिया अगाडि बढाउन थालेको हो । रिक्त हुन पुगेका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भएका छन् । बाँकी एक सदस्य महिला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने भएपनि अहिलेसम्म मनोनित गरेका छैनन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया