२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

हिन्दूवादी संगठित भएसँगै कम्युनिष्टहरु सतर्क, नयाँ दल खुल्नसक्ने


332
Shares

काठमाडौं, २५ फागुन । देशभर हिन्दूवादी संगठित बन्दै गएका छन् । राजनीतिक र गैरराजनीतिक क्षेत्रमा रहेका हिन्दूवादीहरु संगठित हुँदै गएका हुन् । विकसित घटनाले कम्युनिस्ट र हिन्दूविरोधी शक्ति सतर्क भएका छन् ।

हिन्दूवादीहरु नेपाली काँग्रेसभित्र प्रभावशाली बनेका छन् । महासमिति बैठकमा हिन्दू राष्ट्र अभियानमा लागेकाहरु बहुमत नजिक पुगेका छन् । यो घटनालाई लिएर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समेत औंला उठाएका छन् ।

काँग्रेसभित्र उठेको हिन्दू राष्ट्र अभियानले देशलाई हिन्दूराष्ट्र बनाउनेमा भने आशंका छ । यसलाई काँग्रेसको रणनीतिक चार्तुयताको रुपमा समेत हेरिएको छ ।

देशमा हिन्दुत्वको सिद्धान्तमा टेकर नयाँ राजनीतिक दल नै खडा हुने बुझिएको छ । त्यसका लागि तयारी भइरहेको र केही वर्षभित्रै घोषणा हुने विश्वस्त स्रोतले बताएको छ ।-File Photo

प्रतिक्रिया