३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सिटौला रोकिने


February 28, 2024
1.2k
Shares

काठमाडौं, १६ फागुन । झापाबाट प्रतिनिधि सभा चुनावमा पटक पटक पराजित भएपछि राजनीतिक जीवनको उत्तराद्र्धमा कृष्णप्रसाद सिटौलाले नयाँ रणनीति अपनाए । उनी राष्ट्रिय सभाको चुनाव लडे कोशी प्रदेशबाट । सिटौलाले चार्तुयतापूर्वक जिते । उनलाई हराउने प्रयास काँग्रेसभित्रैबाट भएको थियो । तर, एमालेबाट भोट क्रस हुँदा सिटौलाले बाजी मारे ।

शक्तिमा रहेमात्र राजनीति बढ्ने बुझेका सिटौलाले राष्ट्रिय सभा अध्यक्ष ताकेर चुनाव लडेका थिए । काँग्रेस सभापतिको चुनाव हारेपछि आफ्नो अलग गुटलाई जिवित राख्दै सभापति शेरबहादुर देउवासँग सम्झौता गर्दै बढेका सिटौलाका लागि राष्ट्रिय सभा अध्यक्ष पद राजनीतिमा फेरि शक्ति आर्जन गर्न टेक्ने हाँगो हुनसक्छ । तर, उनी रोकिने अवस्था बनेको छ ।

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रले दाबी नछाड्ने भएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र सभामुख, उपसभामुख, प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष सदस्य रहने प्रावधान छ । एमाले र रास्वपाको समेत प्रतिनिधित्व रहेको छ परिषद्मा । माओवादीबाट प्रचण्ड प्रधानमन्त्रीबाट हटेलगत्तै कुनैपनि सदस्य समेत रहनेछैन । यसकारण पनि माओवादी राष्ट्रिय सभा अध्यक्ष पद छाड्न तयार छैन ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष पद नछाड्ने बरु सत्ता गठबन्धन नै यताउता गर्ने सम्मको रणनीतिक तयारीमा छ माओवादी । यसकारण पनि प्रचण्ड र ओलीको भेटघाट बाक्लिएको छ । दुवै नेतानिकटहरु मेलमिलापको प्रयास चलाइरहेका छन् ।

प्रतिक्रिया