६ आश्विन २०८१, आइतबार | September 23, 2024

फाष्ट ट्रयाकमा किन फैलाइयो अफवाह


February 26, 2024
913
Shares

काठमाडौं, १४ फागुन । फाष्ट ट्रयाक निर्माणको गति यति सुस्त छ कि अझै १० वर्ष पूरा हुन मुश्किल छ । निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले पाएका छन् जसको पुरानो रेकर्ड राम्रो छैन ।

फाष्ट ट्रयाक निर्माणको ठेक्का पाएका कम्पनीहरुले विदेशमा समेत बदनामी कमाएका छन् । नेपालमा पनि कतिपय निर्माण समयमै गर्न नसकेर आलोचित छन् । जसमध्ये बुटवल नारायणगढ सडकखण्ड पनि एक हो ।

निर्माण अवधि लम्ब्याउने र लागत समेत बढाएर लाभ लिने योजनामा कम्पनीहरु जुटेका छन् । उनीहरु विभिन्न बहाना गराएर निर्माणको मार्गहरुमा अदालती प्रक्रिया ढिलाईमा भित्री भूमिका खेलिरहेका छन् ।

सेनाले २०८३ भित्र निर्माण पूरा गर्ने दाबी गरेपनि २०९० भित्र पूरा हुन पनि कठिन छ । ३० प्रतिशत काम सकिएको भनिएको छ । त्यसमा केही पुलका पिलर र केही सुरुङमार्गको मुखलाई अफवाह फैलाउन देखाइएको छ ।

रोचक त यो छ कि अहिलेसम्म सेनाले सबै प्याकेजको ठेक्का नै निकालिसकेको छैन । ठेक्का प्रक्रिया पूरा हुन नै समय लाग्ने अवस्थामा २०८३ भित्र काम पूरा गर्ने दाबी गर्नु हाँस्यास्पद देखिन्छ ।

फाष्ट ट्रयाक र निजगढ विमानस्थलबारे अफवाह फैलाएर भूमाफियाले त्यस क्षेत्रको जग्गाको मूल्य बढाउन खोजिरहेका छन् । मुख्य शहरमा जग्गा कारोबार ठप्पप्रायः भएकाले सिमरा, हेटौंडालगायतका क्षेत्रमा व्यापक जग्गा कारोबार गराउन यस्ता अफवाह फैलाइएको छ ।

प्रतिक्रिया