३१ भाद्र २०८१, सोमबार | September 17, 2024

परराष्ट्रमन्त्री साउदले गरे अयोध्यास्थित राममन्दिरको दर्शन


February 25, 2024
747
Shares

काठमाडौं, १३ फागुन । परराष्ट्रमन्त्री एनपी साउनले भारतको अयोध्यास्थित राम मन्दिरको दर्शन गरेका छन् । उनी धर्मपत्नी ज्योत्सना साउद र परिवारका अन्य सदस्यसहित अयोध्या पुगेर दर्शन गरेका हुन् ।

साउदले अयोध्यास्थित राममन्दिरको दर्शनपछि भगवान श्रीरामको पवित्र जन्मस्थलमा दर्शनको अवसर प्राप्त भएकोमा हर्षित भएको लेखेका छन् ।

साउद भारत भ्रमणमा छन् । उनले भारतमा रहँदा विदेशमन्त्री एस जयशंकरलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया