१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनसेल छानविन प्रतिवेदन लुकाइयो, कर छलीकाण्ड सामसुम पार्न भण्डारी सक्रिय


February 25, 2024
3.1k
Shares

काठमाडौं, १३ फागुन । एनसेल कर छली प्रकरणको अध्ययन प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । अध्ययन प्रतिवेदन टंकमणि शर्मा संयोजक रहेको कमिटिले बुझाएको एक महिना हुन लाग्दा पनि गुपचुप राखिएको छ ।

प्रतिवेदन नै कर छली गर्नेलाई कारबाही गर्न भन्दा यसलाई गुपचुप गरी व्यवस्थापन गर्न बनाइएको जस्तो सन्देश प्रवाह भइरहेको छ । त्यसो त शर्मा नै एनसेलसँग नजिक व्यक्ति हुन् ।

एनसेल सेर खरिद विक्री सम्बन्धमा प्रतिवेदनले के के उल्लेख गरेको छ अझै बाहिर नल्याएर शंकास्पद गतिविधि सरकारबाट भएको छ । १५ माघमा प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो । त्यसपछि नाटकीय घटना विकास भयो र नेपाल दूरसञ्चार प्राधिकरणमा भूपेन्द्र भण्डारीलाई अध्यक्ष बनाइयो ।

भण्डारीलाई सुरुमा सञ्चार विज्ञका रुपमा सञ्चार मन्त्रालय छिराइएको थियो । उनी एनसेलका पूर्व सल्लाहकार हुुन् । एनसेल कर छली गर्ने समूहकै कम्पनीको सीइओ भएर बुरुण्डीमा काम गरेका थिए ।

भण्डारीलाई एनसेल कर छली प्रकरण छोप्न नै ल्याइएको पुष्टि हुँदै गएको छ । उनलाई ल्याउनु अघि सेयर खरिद विक्रीसम्बन्धी प्रतिवेदन लुकाइएको छ ।

नियामक निकाय प्राधिकरणले सेयर खरिद विक्रीको सक्कल कागजपत्र माग्नुपर्नेमा अझै मागेको छैन । छापसहितको कागजपत्र बाहिर आए तरंग नै आउन सक्छ ।

यसैगरी, एनसेलले राज्यका महत्वपूर्ण अङ्ग देखि विभिन्न निकायलाई प्रभावित गर्न थालेको छ । उसले कर छली प्रकरण सामसुम पार्न ठूलो धनराशी दुरुपयोग गरिरहेको तथ्य नेपाल पेनले फेला पारेको छ ।

एनसेलको गैरकानूनी कारोबार र कर छलीविरुद्ध राज्यको कुनैपनि अङ्गलाई सक्रिय हुन नदिने योजना बुनिएको छ । यतिसम्मकी विभिन्न दलका नेताहरुलाई समेत चुनाव अघि नै प्रभावित बनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया